• २४ वैशाख २०८१, सोमबार

बहुप्रतिभावान् छक्क

blog

पारिलो घाममा छरपस्ट इँटाहरू छन्, त्यसबिचमा फलामका विभिन्न साना साना सामानको बिचमा उनी सामान मिलाउँछन, बिगार्छन र फेरि बनाउँछन् ।  जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका –५ स्थित एक कम्पनीमा छक्क अधिकारीले विभिन्न प्रकारका मेसिन सामग्री बनाउँदै आएका छन् । जुम्ला गुठीचौर गाउँपालिकानिवासी छक्क अधिकारी सिप, कला र बहुप्रतिभाका धनीका रूपमा अहिले उदाएका छन् । 

श्री रत्न चुडेश्वर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय छक्क अधिकारीले अध्ययनसँगै विभिन्न प्रकारका मेसिन बनाउने, गीत गाउने, पेन्टिङ गर्ने, चित्र बनाउने विषयमा अग्रणी हुँदै आएका छन् । रत्न चुडेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर रोकायाका अनुसार विद्यार्थी छक्क अधिकारी बहुप्रतिभाका धनी रहेको 

बताउनुभयो । उहाँका अनुसार छक्कले विद्यालयमा बिग्रेको सिसी क्यामरा, प्रिन्टर, कम्प्युटर बनाउन पनि सघाउँदै आएको जानकारी दिनुभयो । प्रधानाध्यापक रोकायाले उनी अध्ययनसँगै सिपकलापमा तृष्ण दिमाग रहेको विद्यार्थी भएको बताउनुभयो । 

छक्कले आफूले जुम्लामै बसेर इन्टरलक इँटा बनाउने मेसिन आविष्कार गरे । उहाँले आवश्यकता अनुसारको मेसिन जस्तो भए पनि बनाउँदै आएका छन् ।  छक्क अधिकारी अहिले पनि एसिया स्कुलको आवासगृहमा बसेर विद्यालय समयमा रत्न चुडेश्वर माविमा अध्ययन गरिरहेका हुन्छन् । 

उहाँका अनुसार छक्क सुरुमा विद्यालय आउँदा गीत गाइरहने हुँदा सङ्गीतको क्षेत्रमा अगाडि बढाउनु पर्छ लाग्थ्यो तर पछि बहुप्रतिभाका धनी निस्किए । उनले अहिले लाखौँको भूकम्प प्रतिरोधी स्लाइडिङ इन्टरलक मेसिन बनाइदिएको बताउनुभयो । त्यो मेसिनले अहिले जुम्लामै एम्स मल्टी म्यानिफ्याक्चरिङ कम्पनीमार्फत इँटा उत्पादन भई जुम्लामा भूकम्प प्रतिरोधी घर निर्माण भइरहेका छन् । 

छक्कले अहिले नै गाडी चलाउन, ट्याक्टर तथा मोटरसाइकल चलाउने सिप पनि सिकिरहेका छन् ।  बुढाथोकीका अनुसार छक्कको सिपपछि एसिया स्कुलले अहिले बालबालिकाका लागि एउटा सिप सिक्ने उद्योग अन्तर्गत अनुसन्धान केन्द्र बनाइएको छ । त्यहाँ पानी तान्ने मेसिन, बत्ती, बिजुली उत्पादन गर्ने मेसिन, फलाम काट्ने मेसिनसहित विभिन्न मेसिन नयाँ बनाउने र बिग्रेको पनि बनाउने गरिएको बताउनुभयो । छक्कको बहुप्रतिभा देखेर एसिया स्कुलले उनलाई निःशुल्क बसाइ, अध्ययनमा लगानी पनि गरिरहेको छ । 

शब्द/तस्बिर : नेत्र शाही