• १३ असोज २०८१, आइतबार

त्रिमूर्तिमा १४० औं लेखनाथ जयन्ती सम्पन्न

blog

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुहुँदै ।

काठमाडौं, पुस १६ गते । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १४०औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको छ । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गर्नुभयो ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धाञ्जलि हो भन्नुभयो ।

कार्यक्रममा यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गर्नुभएको थियो ।