• १२ साउन २०८१, शनिबार

साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा

blog

काठमाडौँ, मङ्सिर २२ गते । सन् २०२४ मा आयोजना हुने कोपा अमेरिका कप फुटबलमा साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा परेका छन् ।

शुक्रबार बिहान गरिएको समूह विभाजन अनुसार समूह ‘ए’ मा अर्जेन्टिना र पेरुसँगै चिली तथा प्ले अफबाट आउने क्यानडा वा ट्रिनिडाड एन्ड टोबागोबाट एक टोली रहनेछ । 

यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर भेनेजुएला र जमैका रहेको छ । समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया परेको छ । समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे तथा प्ले अफबाट आउने कोस्टारिका वा होन्डुरसमध्ये एक टोली रहनेछ ।

प्ले अफका खेल मार्च २३ तारिखमा हुनेछ । दक्षिण अमेरिकी १४ टोलीको सहभागिता रहने काेपा अमेरिका कप आगामी जुन २० देखि जुलाई १४ तारिखसम्म अमेरिकामा हुनेछ । एजेन्सी