• १२ साउन २०८१, शनिबार

टोट्टनहाम र न्युक्यासललाई धक्का

blog

गोल गरेपछि खुशी मनाउँदै वेस्ट हामका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, मङ्सिर २२ गते । टोट्टनहाम र न्युक्यासल युनाइटेडलाई इङ्लिस प्रिमियर लिग फुटबलमा धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको लन्डन डर्बीमा टोट्टनहाम वेस्ट हाम युनाइटेडसँग २–१ गोलले पराजित भयो । अर्को खेलमा न्युक्यासल एभर्टनसँग ३–० गोलले स्तब्ध बन्यो । 

टोट्टनहामले अग्रता जोगथाउन नसक्दा हार खेपेको हो । ११औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । तर दोस्रो हाफमा वेस्ट हाम लयमा फर्कियो । ५२औँ मिनेटमा जेरोड बोवेनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो। त्यसपछि ७४औँ मिनेटमा जेम्स वार्डले गोल गर्दै वेस्ट हामलाई जिताउनुभयो ।

जितसँगै २४ अङ्क बनाएको वेस्ट हाम नवौँ स्थानमा उक्लिएको छ । पराजित टोट्टनहाम २७ अङ्कसहित पाँचौँ स्थानमा छ । यस्तै जितसँगै २७ अङ्क बनाएको न्युक्यासल छैटौँ स्थानमा उक्लिएको छ । पराजित एभर्टन १० अङकसहित १७औँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलकाे ३६ अङ्क छ । एजेन्सी