• १३ असोज २०८१, आइतबार

सूत्रपातदेखि सम्पूर्णता चित्रकला प्रदर्शनी

blog

चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, मङ्सिर १९ गते । अमूर्त चित्रकारको रूपमा स्थापित हुनु भएका पुरन खड्का कलाका रूपमा रहेका चित्रहरूको प्रदर्शनी आजबाट सुरु भएको छ । सूत्रपातदेखि सम्पूर्णता नामक कार्यक्रमको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गर्नुहुँदै आजको कार्यक्रम एक विशेष समारोहको रूपमा लिन सकिने बताउनुभयो ।

उहाँले समयावधि बढ्दै जाँदा कलाकारले बनाएका कृतिहरूले कलाकार आफैलाई अमर बनाउँदै लैजाने बताउनुभयो । विज्ञानले व्याख्या गर्न नसकेका भावलाई कलाले सजिलै व्याख्या गर्न सकिने बताउनु हुँदै पुरन खड्काको चित्रकलाले यस्तै कुराको व्याख्या गरिरहेको बताउनुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभागको आयोजनामा आज मङ्सिर १९ गते बाट अरनिको भवनमा प्रदर्शनी खुला गरिएको हो ।