• ७ जेठ २०८१, सोमबार

जाजरकोट भूकम्प

विद्यार्थीको बस्ने डेरा भत्किएपछि पढाइमा समस्या

blog

सहदेव बस्नेत, 

जाजरकोट, मङ्सिर १९ गते । एक महिने दशैंतिहार बिदा भएपछि नलगाड नगरपालिका ५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताब कपी, पाेसाक सबै छोडेर घर जानु भएको थियो । भेरी नगरपालिका १ रिम्ना स्थित भेरीत्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत कमला विद्यालय नजिकै तुल्सी नेपालीको घरमा डेरा गरेर बस्ने गर्नु भएको थियो । तर बिदा नसकिँदै गत कात्तिक १७ गते राती आएको भूकम्पले उनको घरमा मात्र क्षति गरेन ,विद्यालय र डेरा गरेको घर पनि भत्कियो । 

बस्ने घर भत्किएपछि उहाँको परिवार अहिले त्रिपालमा बस्दै आएको छ । आफू  बस्ने डेरा भत्किएपछि घरभेटी तुलसा घाइते हुनुहुन्छ । घर भत्किएर उहाँका सबै किताब कपी, विद्यालय पोसाक सबै त्यही पुरिए । 

जाजरकोटमा मात्र करिब दुई हजार विद्यार्थी कोठा भाडामा बस्ने गरेको अनुमान छ ।

सोमवार देखि विद्यालय खुले पनि उनी कहाँ बस्ने , किताब कपी के गर्ने , पोसाक के लगाउने कमला समस्यामा रहनु भएको छ ।  विद्यालय भवन भत्किएपछि खुल्ला चौरमै भए पनि पढाई हुन थालेको छ रे उनले भनिन्–‘म कहाँ गएर बसूँ, बस्ने घर(डेरा) नै भत्कियो । 

भेरी नगरपालिका १ जुरेलीकी निर्मला घर्ती पनि सोही विद्यालयमा १० कक्षामा अध्ययनरत हुनुहुन्छ । घरबाट विद्यालय टाढा भएपछि निर्मला पनि रिम्नामै कोठा भाडामा लिएर भाइ सँग बस्ने गर्नु भएको थियो तर भूकम्पले उनी बस्ने घर चर्किएर त्रिपालमा निर्मलाको परिवार सरेको छ भने डेरा लिएको घर पुरै भत्किएर विद्यालय पोसाक, किताब, कपी, कलम, नोट बुक सबै पुरियो । 

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा चार सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये तीन जना भूकम्पमा परेर ज्यान गुमाउन पर्‍यो । घाइते १२ जना घाइते अस्पतालमा उपचार पछि घर फर्किएका छन् । 

आइतबार देखि विद्यालय खोले पनि थोरै मात्र विद्यार्थी विद्यालय आउन थालेका छन् । प्रधानाध्यापक प्रेमबहादुर पुनले  सबै कक्षाका गरी सोमवार ६० जना विद्यार्थी मात्र पठनपाठनका लागि  आएका बताउनु भयो । विद्यालय आएका हरूलाई सामान्य सरसफाइ र मनोपरामर्श दिएर पठाएको प्रअ. पुनले जानकारी दिनुभयो । रुकुम पश्चिम बाट पनि आउँथे भूकम्पले धेरै विद्यार्थीका पोसाक र किताब पुरिएका छन् । 

अव कसरी उनीहरूको समस्या समाधान गर्ने होला । हामी आफै त्रिपालमा बसेका छौ । डेरावाला विद्यार्थीको बिजोग हुने भो ।’ जाजरकोटमा मात्र करिब दुई हजार विद्यार्थी कोठा भाडामा बस्ने गरेको अनुमान छ ।

नलगाड नगरपालिका ११ कि रेखा सिंह सदरमुकाम खलङ्गा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत हुनु हुन्छ । सदरमुकाम खलङ्गा स्थित उहाँ बस्ने घर भूकम्पले भत्किएपछि  किताब कापी सबै पुरिएका छन् । मैले लगाउने दुई जोर ड्रेस पनि कोठामै थिए ,  सबै पुरिदिएछ सोमवार मात्र सदरमुकाम खलङ्गा आएकी उहाँ दिनभर कोठा खोजे पनि पाउन नसकेको गुनासो गर्नु भयो ।