• १२ साउन २०८१, शनिबार

सुनचाँदी नगदसहित भारतीय नागरिक पक्राउ

blog

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, मङ्सिर १९ गते । इलाका प्रहरी कार्यालय बनेपाले बिल नभएको सुन, चाँदी र श्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले सोमबार राती भारतको महाराष्ट्र घर भई हाल बनेपा नगरपालिका ७ बिकुटोलमा बस्ने ३९ वर्षका सचिन विभुतेलाई पक्राउ गरेको हो । 

प्रहरीले विभुतेको साथबाट बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, श्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र  बाइस हजार भारतीय रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । बरामद सुन र चाँदी जस्तो देखिने धातु, श्रोत नखुलेको रकमसहित विभुते इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।