• २० जेठ २०८२, मङ्गलबार

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह

blog

प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह

काठमाडौं, मङ्सिर १७ गते । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ ।

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गर्नुभयो । “जुन कम्पनीको वार्षिक ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु साढे छ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भन्नुभयो ।

सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्विडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब सात करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरिएकोप्रति उहाँले शङ्का व्यक्त गर्नुभयो । रासस