काठमाडौँ, मङ्सिर २ गते । चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन नरोकिने भएको छ । बिहीबार प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र सङ्घ र चलचित्र निर्माताबिच भएको छलफलबाट आगामी मङ्गलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा मङ्सिर ५ गते मङ्गलबार पुनः छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार प्रदर्शन जारी राख्ने सहमति भएको उल्लेख छ ।
दुई वटा माग राखेर दिमाग खराबको टिमले बुधबार चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । उनीहरूले दिन प्रतिदिन दर्शक बढिरहँदा पनि हलहरूले सो नदिएको गुनासो गरेका थिए ।