• २८ पुस २०८१, आइतबार

दसैंमा गाउँ गएकाहरु फर्किन थालेसँगै बढ्यो काठमाडौंमा चहलपहल

blog

गाउँबाट काठमाडौं फर्कने गाडीको लाम । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १० गते । दसैँ मनाउन गाउँ गएकाहरु कर्मथलो काठमाडौं उपत्यका फर्किन थालेपछि चहलपहल बढ्न थालेको छ । नेपालीको महान् चाड बडादसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु धमाधम फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको हो । 

काठमाडौंको कलङ्की, थानकोट, भक्तपुरको नाकामा सवारी साधनको लामो लाम सुरु भएको छ । दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसानजस्तै भए पनि बिस्तारै गाउँ गएकाहरु उपत्यका फर्किने क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ ।

भक्तपुर नाकाबाट काठमाडौं भित्रिने गाडीको काभ्रेको भकुण्डेबेंसीदेखि लाम रहेको फर्किने यात्रुले जनाएका छन् । गाउँबाट फर्किएकाहरु सडकमा सामान र बालबालिकाहरुसहित उभिने र हिँड्ने भएपछि सडकमा पनि व्यस्तता बढ्न थालेको छ ।