• २० असोज २०८१, आइतबार

पाँच दशकपछि परम्परालाई पुनः निरन्तरता

blog

पचली भैरवमा बुधबार बिहान ८ः१५ को शुभसाइतमा ठड्याइएको लिंगो । तस्बिर– अमिर मैया रञ्वित÷बुद्ध शाही

काठमाडौं, कात्तिक २ गते । करिब पाँच दशक भन्दा अगाडीदेखि रोकिएको पचली भैरवको यःसिँ (लिङ्गो) ठड्याउने परम्परा बुधबार काठमाडौँ महानगरपालिका टेकु वडा नं. १२ पुनः सुचारु गरिएको छ । 

पचली भैरवमा बुधबार बिहान ८: १५ को शुभ साइतमा सो लिङ्गो ठड्याउने काम सम्पन्न भएको छ ।

रञ्जितकार जातिको गुथी र पचली भैरव जात्रा व्यवस्थापन समितिले संयुक्त रूपमा आश्विन शुक्ल तृतीयका दिन पचली भइरहेको जात्रा सुरु भएको जानकारी दिन लिङ्गो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको भएता पनि विविध आर्थिक कारणले गर्दा रोकिएको  गुठियारहरू बताउँछन् ।

पाँच दशकदेखि रोकिएको यस जात्रा परम्परालाई पुनः निरन्तरता दिन गुठियारहरूको अनुरोधमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष चासो देखाइ सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापनको लागि १० दिनभित्र आवश्यक पक्ष मिलाउने व्यवस्था भएको वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले बताउनुभयो ।

आश्विन शुक्ल चौथीका दिन लिङ्गो ठड्याएपछि पचली भैरवको जात्रा टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा छ । 

श्री पचली भैरव आजु यो सीँ गुठीले यो जात्रा व्यवस्थापन गर्दै आएको छ । गुथीका थकाली आठ दशक पार गरिसकेका वृद्ध भएकाले युवाको नेतृत्वमा करिब पाँच दशकपछि यो जात्रा पुनः सुरु गर्न लागिएको जनाइएको छ । 

पुनः सुरुआतमा जे जति समस्या बाधाहरू भएता पनि आउँदो दिनमा अक्षय कोषको व्यवस्था गरी पचलि भैरव जात्रा, लिङ्गो ठड्याउने रञ्जितकार गुथी र अन्य सम्बन्धित सबैसँग समन्वय र छलफल गरी जात्रालाई निरन्तरता र व्यवस्थित गर्ने महर्जनको भनाइ छ ।