• १२ साउन २०८१, शनिबार

इजरायलमा रहेका नेपालीलाई बिहीबार नेपाल ल्याइने

blog

काठमाडौं, असोज २४ गते । इजरायलमा अलपत्र परेका नेपालीलाई बिहीबार साँझ नेपाल ल्याइने भएको छ ।

उद्धारका लागि आज बुधबार राति २ः३० बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । नेपालबाट दुबई ट्रान्जिट भई जहाज इजरायल पुग्ने छ ।

निगमले गरेको तयारीको आधारमा सबै कुरा यथावत् रहेमा निगमको जहाज भोलि (बिहीबार) बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ः१० बजे उडेर भोलि राति ८ः३० बजे नेपाल अवतरण गर्ने कार्यपालिका रहेको पौडेलले बताउनुभयो ।

उहाँका अनुसार अहिले रुट परमिटको अनुमतिको कार्य अघि बढिरहेको छ ।

मङ्गलबार परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार, उद्धार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरूले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन् । 

विवरण दिनेमध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन् ।

यो पनि पढ्नुहोस

इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

इजरायलबाट २८८ जना नेपाल आउन इच्छुक