• १७ वैशाख २०८२, बुधबार

सेना र प्रहरीलाई योग तालिम

blog

फिदिम समाचारदाता

फिदिम, असोज २४ गते । पाँचथरमा नेपाली सेना र सशस्त्र प्रहरीलाई योग अभ्यास तालिम दिइएको छ । शारीरिक अभ्याससँगै तनाव व्यवस्थापन एवं मानसिक रूपमा स्वास्थ्य बलियो बनाउन क्याम्पमै योग अभ्यास तालिम दिइएको हो ।

फिदिमस्थित नेपाली सेनाको रणशेर गण र सशस्त्र प्रहरीको हिमशिखर गुल्ममा योग गुरुहरूको उपस्थितिमा तीन दिनको तालिम सञ्चालन गरिएको हो । रणशेर गणमा मङ्गलबार सम्पन्न तालिममा नेपाली सेनातर्फ १८७ र सशस्त्र प्रहरीको हिमशिखर गुल्ममा आयोजित तालिममा ७० जना अधिकृत र कर्मचारी सहभागी थिए ।

तालिममा योग, ध्यान र प्राणायामको विधिबारे प्रशिक्षण दिनुका साथै तिनका फाइदाका विषयमा जानकारी दिइएको योगगुरु हरिप्रकाश सुवेदीले बताउनुभयो । सहभागीलाई पतञ्जली योग समिति पाँचथरका अध्यक्ष तथा योगगुरु सुवेदी, केन्द्रीय सदस्य शान्ता गौतम, युवा संयोजक शङ्कर आत्मा, मिडिया प्रभारी लक्ष्मी गौतम, राजेन्द्र अधिकारी, सन्तोष सिन्चेउरी, ओमप्रकाश पोखरेल, निर्मला ढुङ्गेल, आशा लावती, सुम्निमा लिम्बू, पुष्पा मगर र भवानी फुयाललगायतले योग, ध्यान र प्राणायामका अभ्यास गराउनुभएको थियो ।