झापा, असोज २१ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसमा पुस्तान्तरण र रूपान्तरणका लागि नेतृत्व सचेत हुनुपर्ने बेला आएको बताउनु भएको छ।
नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता महरले समय सान्दर्भिक र प्रवृद्धिमैत्री बनाउन सकेमात्र कांग्रेसलाई बलियो बनाउन सकिने बताउनुभयो ।
नेता महरले भन्नुभयो,‘‘अहिले युवा पार्टीको मुख्य जिम्मेवारी छौँ। हामी बाघका डमरु जस्ता हौँ। हामीले हामीले आफ्नो शक्ति बुझेर पार्टी रूपान्तरणको आवाज बुलन्द पार्नुपर्छ। म त उक्त कुरामा प्रस्ट नै छु ।’’
जहिले पनि सरकारमा भइराख्नुपर्छ भन्ने कुरा महत्त्वपूर्ण नहुने बताउँदै उहाँले जनभावना अनुसार पार्टी अगाडि बढ्नसक्नु पर्छ भन्नुभयो । सत्तामा बस्दा नैतिकता र कानुनी रूपमा अप्ठ्यारोमा पर्ने अवस्था आउनु राम्रो होइन, कांग्रेस सधैँ सत्तामै भइरहनुपर्छ भन्ने पनि छैन। मुलुकको हितमा हामीले सधैँ असल काम गरेका छौँ। हामीले सत्ता बाहिर रहेर पनि आफ्नो उद्देश्यलाई भुल्नु हुँदैन। त्यसैमा केन्द्रित हुनुपर्छ, नेता महरको भनाइ छ ।
मङ्सिर १२, १३ र १४ गते हुने नीति अधिवेशनबाट बिपीको सिद्धान्तलाई झाँगिने गरी कांग्रेस अगाडि बढ्ने वातावरण सिर्जना हुने उहाँको विश्वास छ ।