• ७ जेठ २०८१, सोमबार

अफगानिस्तान भूकम्प : दुई हजारभन्दा बढीको मृत्यु

blog

हेरात, अफगानिस्थान,  असोज  २१ गते ।  अफगानिस्तानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । 

भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । 

अफगानिस्तानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात सहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५,४.७ र ६.२ म्याग्निच्युडका तीनवटा ठुला पराकम्पन गएका थिए । रासस/सिन्ह्वा

यो पनि पढ्नुहोस