गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकले कार्यक्रम अन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तव्रिर्mया, दीपावलीलगायतका कार्यक्रम हुने छन् ।
असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ–मन्दिर, गुम्बा, धार्मिक संस्था, शैक्षिक प्रतिष्ठानमा संविधान दिवस मनाउने र साँझ दीप प्रज्ज्वलन गर्नेलगायतका कार्यक्रम हुने छन् । असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्ज्वलन गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा विविध कार्यव्रmम हुने छन् ।