• १९ वैशाख २०८१, बुधबार

प्रहरी तथा सुरक्षासम्बन्धी निःशुल्क तालिम

blog

जयकृष्ण यादव 

इनरुवा, असार २२ गते । सुनसरीको कोशी गाउँपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित सुरक्षा सेवामा प्रवेशको गर्ने मनसाय राखेकाहरुलाई निःशुल्क एक महिने तालिम दिएको छ । गाउँपालिकाले आफ्नै लगानीमा पहिलो पटक ५८ युवायुवतीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीमा प्रवेश गर्न सहजताका लागि पूर्व तालिम तथा अभ्यास कार्यक्रम तालिम दिएको हो। 

कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले देशको सुरक्षामा खटिने प्रहरी सेवामा प्रवेशको इच्छा राख्नेहरुलाई प्रहरी तथा सुरक्षा सम्बन्धी आधारभूत एक महिने सुरक्षा निकायमा भर्ना सहजीकरण सम्बन्धी तालिम दिएको जानकारी दिनुभयो । एक कार्यक्रमका बीच निशुल्क प्रहरी सेवामा भर्नासम्बन्धी एक महिने तालिम तथा अभ्यास कार्यक्रमको समापन गर्नुहुँदै अध्यक्ष अन्सारीले प्रहरीको आधारभूत तालिम सिकाएर प्रहरी सेवामा प्रवेश गराउने लक्ष्यका साथ तालिम दिएकोे बताउनुभयो । 

अध्यक्ष अन्सारीले गाउँका युवायवतीहरुलाई देशको सुरक्षाको बारेमा जानकारीसहित भर्ना हुनु पूर्व नै आधारभुत ज्ञान र अभ्यास गराउन सकेको खण्डमा प्रवेश पाउन सहज हुने अपेक्षाका साथ एक महिने तालिम दिन तालिम दिएको बताउनुभयो । कोशी गाउँपालिकाको सहयोगमा स्थानीय सामाजिक जीवन केन्द्र नेपालको आयोजानमा तालिमको एक महिनाअघि उद्घघाटन भएकोमा आज समापन भएको आयोजक संस्थाका अध्यक्ष हजरत हुसेनले जानकारी दिनुभयो । 

कोशी गाउँपालिका क्षेत्रका विभिन्न वर्ग समुदायका युवायुवतीले तालिम लिएका छन् । यो तालिममा सहभागिहरुले प्रहरी सेवा प्रवेश गर्ने गरी तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । सबैलाई अभ्यासका लागी जर्सीसमेत वितरण गरिएको र उत्साहपूर्व तालिम सम्पन्न भएको संस्थाका दिनेश साहले जानकारी दिनुभयो ।

धर्मेन्द्र मेहताले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रशिक्षक संजिव बाग्ले, कोशीका उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत चोलाराज दङ्गाल, पत्रकार जयकृष्ण यादव, मिकायल आलम, मुस्ताक आलम, मोहोसीम अन्सारीसहितको उपस्थिति थियो । 

प्रहरीमा प्रवेश गर्दा पुरा गर्नुपर्ने प्रक्रिया, सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरु, लाठी अभ्यास, शारीरिक व्यायाम, सलाम गर्ने तरिकालगायतका बारेमा अभ्याससहित तालिम दिएको हो । 

सहभागी पर्शुराम मण्डलले तालिम आफूहरुका लागि अवसर भएको र देशको लानि नमुना र निकै उपयोगी भएको प्रतिक्रिया दिनुभयो ।