• १३ साउन २०८१, आइतबार

कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, असार ८ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्ब भएको बताउनुभएको छ । 

शुक्रबारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दुतावासले सुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । 

गृहमन्त्री श्रेष्ठले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने कामगर्ने जिकिर गर्नुभयो । उहाँले कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो।

गृहमन्त्रीले भन्नुभयो, ‘‘कला वास्तवमा जीवनको विभिन्न आयामहरुको प्रतिबिम्ब हो । यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ । यसको आफ्नै महत्त्व छ । जीवनको अभिन्न पक्ष हो कला ।’’

मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिनेछ।