• ५ जेठ २०८१, शनिबार

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

blog

काठमाडौं, असार ७ गते । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले विपदमा जोखिममा परेका व्यक्ति र परिवारको पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताउनु भयो ।

‘‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति र परिवारको पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका लागि पनि गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ । पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याएको छ । यसको राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन गरेका छौँ ।’’

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पुर्‍याएको क्षतिको राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताउनुभयो ।