• १३ साउन २०८१, आइतबार

लोककला अगाडि बढाउन सुझाव

blog

काठमाडौँ, असार ७ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागद्वारा आयोजित लोककला विषयक गोष्ठीमा नेपाली  लोककलालाई अगाडि बढाउन विभिन्न सुझाव दिइएको छ ।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले गोष्ठीका कार्यपत्र प्रस्तुतकर्ताले दिएका सुझाव अमूल्य रहेको भन्दै ती सुझावको आधामा आगामी दिनमा प्रतिष्ठानलाई अगाडि बढाइने बताउनुभयो ।

गोष्ठीमा ‘नेवाः लोक चित्रकलाः मत्स्येन्द्रनाथ रथमा गरिने चित्रकलाको महत्व र अवस्था’ का बारेमा दीपमाला महर्जन, ‘सन्थाली लोककला’ का विषयमा डा. टङ्क उप्रेती, ‘समकालीन नेपाली कलामा मिथिला कलाको अवस्थिति’ का विषयमा एससी सुमनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूको कार्यपत्रमाथि हरिओम मेहता, धीरेन्द्र प्रेमर्षी र मेरिना चित्रकारले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा विभागीय प्रमुख प्रदीप अधिकारीले प्रस्तुत सुझावलाई अभिलेखीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।