• १३ असोज २०८१, आइतबार

बाढीले पाँचथरको राइराङ जलविद्युत आयोजनाको संरचना बगायो

blog

बाढी पसेपछि क्षतिग्रस्त बनेको राइरङ हाइड्रो पावरको पावर हाउस ।

राधा लुइटेल

फिदिम, असार २ गते । अविरल वर्षासँगै आएको बाढीले पाँचथर र ताप्लेजुङको सीमावर्ती इवा खोलामा सञ्चालन भइरहेको राइराङ हाइड्रो पावरका संरचना बगाएको छ । शुक्रबार राती आएको बाढी हाइड्रो पावरको पाइपलाइन र पावर हाउसमा पसेको थियो ।

बाढीका कारण पावर हाउस र सुरुङ मार्ग पुरिएको छ भने अन्य संरचना बगेको राइरङ हाइड्रो पावर प्रालिले जनाएको छ । बाढीका कारण उक्त आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । 

यस्तै, बाढीले दश करोड भन्दा धेरैको क्षति भएको आयोजना सञ्चालन पक्षले जनाएको छ । दश मेगावाटको उक्त आयोजना चारवर्ष अघिदेखि सञ्चालन हुन थालेको थियो । सोही खोलामा आएको बाढीले विभिन्न स्थानका पुल र शव दाह गृहहरू बगाएको याङवरक ४ का वडाध्यक्ष सविन मावोले जानकारी दिनुभयो ।