• १३ असोज २०८१, आइतबार

१७ वटा अटो रिक्सा प्रहरी नियन्त्रणमा

blog

प्रेम अधिकारी

पशुपतिनगर, असार १ गते । जिल्ला प्रहरी कार्यालय इलामले बिना लाईसेन्स अटो चलाउने चालकलाई नियन्त्रणमा लिएको छ । इलाममा दुर्घटनाका घटना बढ्न थालेपछि प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको हो । 

जिल्लाका विभिन्न स्थानमा चल्ने अटो रिक्सा चेक जाँच गर्ने क्रममा सवारी चालक अनुमतिपत्र नभई चलाएका १७ वटा अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यस्ता अटो रिक्सालाई लाईसेन्स प्राप्त चालक राखी सञ्चालन गर्ने वा आफैंले लाईसेन्स लिएपछि मात्र चलाउने गरी सम्बन्धीत सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो । 

प्रहरीले उक्त अभियान निरन्तर रुपमा सञ्चालन गर्ने समेत जनाएको छ । यस्तै, नदी जन्य पदार्थ उत्खनन गर्ने जे.सी.बी. सहित ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी महमाईले माई नगरपालिका ७ स्थित माईखोला पुल नजिक जे.सी.बी. लगाई अवैध रुपमा खोला जन्य पदार्थ उत्खनन गरी ओसारपोसार गरेको अवस्थामा प्रहरीले ४ वटा  ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि माई नगरपालिकाको कार्यालय इलाममा बुझाएको छ ।