• १६ भदौ २०८१, आइतबार

सेयर बजारमा सुधार कारोबार पाँच अर्बमाथि

blog

काठमाडौँ, जेठ ३२ गते । सेयर बजारले बुधबार पनि सुधारकै निरन्तरता पाएको छ । साढे दुई हजार पछ्याएको परिसूचकलाई साथ दिँदै कारोबार रकम पाँच अर्ब नाघेको छ ।

बुधबार सेयर बजारमापक नेप्से परिसूचक १६.४२ अङ्कले उकालो लागेर दुई हजार ३७.०६ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.८२ अङ्कले उकालो लागेर ३८३.६९ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा चौथो दिनको नेप्से ०.८१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले उकालो लागेको छ ।

मङ्गलबार नेप्से ३४.१७ अङ्कले उकालो लागेर २०२०.६४ को बिन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ६.५२ अङ्कले उकालो लागेर ३७९.८७ को बिन्दुमा पुगेर रोकिएको थियो । समग्रमा तेस्रो दिनको नेप्से १.७२ प्रतिशतले उकालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स पनि १.७५ प्रतिशतले उकालो लागेको थियो ।

बुधबार दिनभर २७५ कम्पनीको एक करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर ७९ हजार ४६१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७८ लाख सात हजार ६८२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८९ करोड रुपियाँले बढी हो ।