काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।
महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बुधबार विज्ञप्तिमार्फत २०८० शैक्षिक सत्रका लागि केही विद्यालयले कक्षा ११ को भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएकोले यस सम्बन्धमा ध्यानाकर्षण भएको बताउनुभएको छ ।
शिक्षा विभागले महानगर अन्तर्गतका सबै विद्यालयमा भर्नासम्बन्धी परिपत्र जारी गरेको हो । केही निजी विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि महानगरमा उजुरी परेका हो ।