• २७ मंसिर २०८१, बिहिबार

बालमैत्री बन्दै चिल्खायाका नागरिक

blog

वालमैत्री वडा घोषणाका लागि जिल्ला समन्वय समितिका प्रमुख लगाएत अधिकारक्रर्मीको अनुगमन । तस्विर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, जेठ २३ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका बालमैत्री वातावरण बनाउन लागि परेको छ । दैनिक हुने क्रियाकलापमा नगरपालिकाले अनिवार्य बालमैत्री स्थानीय शासनका सूचकमा टिकेर काम गरिरहेको छ । 

नगरपालिका भित्रका ११ वडा मध्य ४ वटा वडा बालमैत्री स्थानीय शासन लागु भइसकेका छन् । अब केही दिनमा वडा नं ९, १० र ११ गरी जम्मा तीन वडा घोषणाको तयारीमा रहेको छ । 

जिल्ला समन्वय समिति लगायत सरोकारवालाहरूको टोलीले बालमैत्री स्थानीय शासन लागु हुन पुरा गर्नुपर्ने ५१ वटा सूचकका बारेमा अध्ययन गर्दा धेरै जसो सूचक पुरा भएको र केही पुरा हुन बाँकी सूचक पुरा गर्न चिल्खायावासी सक्रिय रहेको पाइएको बताएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीत शाहीले दुर्गम भनिएको चिल्खायाका नागरिक बालमैत्री भएको देख्दा निकै खुसी लागेको बताउनुभयो । 

बालमैत्री स्थानीय शासन लागु गर्नका लागि बाल अधिकार भित्रका चार क्षेत्र र ५१ सूचक पुरा गर्नुपर्ने हुन्छ । बालअधिकार भनेको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार भित्रका ५१ सूचक पुरा गरी बालमैत्री बन्ने अभियानमा चिल्खायाका नागरिक जुटेको हो । 

बालबालिकाको क्षेत्रका लामो समय काम गदै आएको सेभःद चिल्डे्नका  जिल्ला संयोजक बाले विश्वकर्माले जिल्ला स्तरको अनुगमनले चिल्खायाका तीन वटै वडामा नागरिकले बालमैत्री ८० प्रतिशत सूचक पुरा गरेको बताउनुभयो । 

वडा नं ११ का वडा अध्यक्ष हस्तबहादुर शाहीले विद्यालय बाहिर कुनै बालबालिका नरहेको, घरमा हुने हिंसा अन्ते भएको, बालश्रम, सडक बालबालिका निषेध गरिएको र खोप पोषण लगायतका सबै प्रक्रिया पुरा गरेको बताउनुभयो । अध्यक्ष शाहीले हामीले बोलेर भन्दापनि प्रमाणले देखिने भन्दै सबै नागरिकको सक्रियाता र वडाको नेतृत्वले गर्दा बालमैत्री स्थानीय शासन लागु भएको वडा घोषणा गर्न आफूहरू सक्षम भएको सुनाउनुभयो । 

बालबालिकाको क्षेत्रमा काम गदै आएको किर्डाक नेपाल सहयात्रा परियोजना संयोजक कृपराज जोसीले प्राय सूचक पुरा भएकाले जिल्ला समन्वय समितिको निर्णय अनुसार नगरका तीन वडा बालमैत्री स्थानीय शासन लागु भएका वडा घोषणा गरिने बताउनुभयो । तीन वडा घोषणासँगै तिलागुफा नगरका ११ मध्ये ७ वटा वडा बालमैत्री बन्नेछन् ।