• ८ वैशाख २०८१, शनिबार

च्याम्पियन बार्सिलोना पराजित, रियल बराबरीमा रोकियो

blog

गोल गरेपछि खुसी मनाउँदै करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौं, जेठ २२ गते । स्पेनिस ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा हार खेपेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भने बराबरीमा रोकिएको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–१ गोलले पराजित भयो । घरेलु मैदानमा रियल अन्तिम खेलमा एथलेटिक्स बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकियो । 

बार्सिलोनालाई हराउन सेल्टा भिगोका गाब्री भिगाले ४५औँ र ६५औँ मिनेटमा दुई गोल गर्नुभयो । बार्सिलोनाका युवा स्टार अंशु फातीले ७९औँ मिनेटमा गोल फर्काएपछि टोलीको हार टरेन । बार्सिलोनालाइै हराएको सेल्टा भिगो रेलिगेसनबाट जोगियो । ३८ खेलबाट ४३ अङ्क बनाएको सृल्टा भिगो १३औँ स्थानमा रह्यो । च्याम्पियन बार्सिलोनाले ८८ अङ्क बनायो । 

यस्तै अर्को खेलमा बिल्बाओका लागि ४९औँ मिनेटमा ओइहान सानसेटले सुरुवाती गोल गर्नुभयो । रियलका लागि करिम बेन्जेमाले  ७२औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काउनुभयो ।

बेन्जेमाको यो रियलमा अन्तिम खेल हो । १४ वर्ष रियलमा बिताउनुभएका बेन्जेमाले रियल छाड्ने घोषणा गरिसक्नुभएको छ । बराबरीसँगै रियलले ३८ खेलमा ७८ अङ्क बनाएको छ । ५१ अङ्क बनाएको बिल्बाओले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गरेको छ । एजेन्सी