• ८ मंसिर २०८१, शनिबार

यू-२० महिला फुटबल टोलीको बिदाइ

blog

विदाइपछि यू-२० महिला फुटबल टोली । तस्बिर : एन्फा

काठमाडौं, जेठ २१ गते । म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार टोलीको बिदाइ गरेको हो । नेपाल छनोट खेलको समूह ‘बी’ मा रहेको छ । यस समूहमा नेपालसहित चीन, म्यानमार र चाइनिज ताइपेइ छ । समूह  ‘ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नपाले  समूहको दोस्रो खेल जुन ८ मा चीन तथा  अन्तिम खेल जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

दोस्रो चरणको छनोट खेलको उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्न पाउनेछ । सन् २०२४ को मार्च ३ देखि १६ सम्म सञ्चालन हुने यू-२० महिला एसियन कपमा १६ टोलीको सहभागिता रहनेछ । 

नेपाली टोली

गोलरक्षक : कविता विक, लीला जोशी र सावित्री किसान

रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतीक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी र सारा बज्राचार्य

स्ट्राइकर : अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन ।