• ८ वैशाख २०८१, शनिबार

ज्येष्ठ नागरिकको दक्षता उपयोग

blog

अहिलेको युग ज्येष्ठ नागरिकको हो । विश्वव्यापी जनसङ्ख्या वृद्धि भएसँगै नेपालमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या बढेको छ । नेपालको जनगणना, २०७९ अनुसार अहिले नेपालमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत जनसङ्ख्या ज्येष्ठ नागरिकको छ । घट्दो जन्मदर र औसत आयुमा भएको वृद्धिले ज्येष्ठ नागरिकको जनसङ्ख्यामा अझै वृद्धि हुने देखिन्छ । 

जनसङ्ख्याको यस किसिमको परिवर्तनसँगै नीति नियम तथा कार्यक्रममा परिवर्तन ल्याई ज्येष्ठ नागरिकमा भएको परम्परागत ज्ञान तथा सिपलाई उपयोग गर्ने वातावरण तयार पारी सक्रियसव्रिmय बुढ्यौली जीवन जिउन अभिप्रेरित गर्न सके जनसङ्ख्यामा आएको यस किसिमको परिवर्तनले नयाँ अवसरको रूप लिन सक्छ । ज्येष्ठ नागरिकसम्बन्धी विषयलाई सामाजिक विज्ञानका रूपमा विकास गरी विकसित राष्ट्रहरूमा विश्वविद्यालय स्तरमा अध्ययन अध्यापनसमेत सुरु भइसकेको छ । विकसित देशमा ज्येष्ठ नागरिकलाई सव्रिmय जीवन जिउन अभिप्रेरित गर्न विभिन्न कार्यक्रम पनि सुरु भएका छन् । नेपालमा पनि ज्येष्ठ नागरिकलाई सक्रिय जीवन जिउन अभिप्रेरित गर्न विभिन्न कार्यक्रम आवश्यक छ ।

रोजगारी तथा पढाइको सिलसिलामा अहिले नेपालमा युवा जनशक्ति बिदेसिने क्रम बढ्दो अवस्थामा रहेको छ । यसरी घट्दो जन्मदर र युवा बिदेसिनुले हाम्रो श्रम बजारमा सक्रिय जनशक्तिको अभाव हुन थालेको छ । अबका दिनमा ज्येष्ठ नागरिकलाई सक्रिय बनाउनु आवश्यक छ । ज्येष्ठ नागरिकमा रहेको सिप पुस्तान्तरण हुने अवसर सिर्जना गरिदिनु पर्छ । ज्येष्ठ नागरिकलाई आर्थिक रूपले सबल बनाउँदै न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सहज बनाउन अवसर प्रदान गर्न सकिन्छ । ज्येष्ठ नागरिकसम्बन्धी सङ्घसंस्थालाई आयआर्जनका काम गर्न, गराउन सकिन्छ । सक्रिय बुढ्यौलीको नयाँ विकसित धारणाको सबैमा जानकारी दिन आवश्यक छ । ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्ने विधिमध्येमा एउटा उनीहरूलाई सक्रिय बनाइराख्नु पनि हो । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार “सक्रिय बुढ्यौली भनेको ज्येष्ठ नागरिकको स्वास्थ्य, सहभागिता र सुरक्षाका लागि अनुकूलन अवसर तयार गर्ने प्रव्रिmया हो । यसले ज्येष्ठ नागरिकको उमेर सँगसँगै जीवनको गुणस्तर बढाउन मद्दत गर्दछ । यसले उनीहरूलाई सहयोगको सम्भावना महसुस गर्न र उनीहरूको आवश्यकता, इच्छा र क्षमता अनुसार समाजका विभिन्न व्रिmयाकलापमा भाग लिने अवसर दिन्छ । साथै यसले ज्येष्ठ नागरिकलाई सहयोगको आवश्यकता पर्दा पर्याप्त सुरक्षा र हेरचाह प्रदान गर्दछ । सक्रिय

बुढ्यौली बुढेसकालको कार्यात्मक क्षमता कायम गर्ने प्रव्रिmया पनि हो ।”

सक्रिय बुढ्यौली भनेको उमेर बढ्दै जाँदा अथवा काम गर्न सकुञ्जेल पहिलादेखि गरिआएको पेसालाई निरन्तरता दिनु हो । यस्तै केही न केही काममा आफूलाई व्यस्त राख्नु, आफ्नो व्यक्तिगत तथा गर्न सक्ने काम आफैँले गर्नु पनि सव्रिmय बुढ्यौली हो । साथै सामाजिक व्रिmयाकलापमा सहभागी हुनु, आफ्नो स्वास्थ्य अवस्थाबारे जानकार रहुनु, स्वस्थ जीवनशैली अपनाउनु तथा पारिवारिक छलफल तथा अन्य व्रिmयाकलापमा सहभागी हुनु पनि सव्रिmय बुढ्यौलीकै पक्ष हुन् ।

६० वर्षमाथिका सबै ज्येष्ठ नागरिक निष्क्रिय  तथा आश्रित जनसङ्ख्या होइनन् । ज्येष्ठ नागरिकको कुल जनसङ्ख्याको ५० प्रतिशत ज्येष्ठ नागरिक शारीरिक र मानसिक दुवै रूपमा सक्षम छन् । कतिपय ज्येष्ठ नागरिकले अवकाशपछि पनि आफूलाई सक्रिय राखेका उदाहरण छन् । निजी क्षेत्रमा काम गर्नेहरूमध्ये धेरैले ७०, ८० वर्षको उमेरमा पनि थुपै उदाहरणीय काम गरी राष्ट्रलाई योगदान दिइरहेका छन् । अझै खेती किसानी गरेका ज्येष्ठ नागरिकको त झन् कहिल्यै अवकाशको कुरा आउँदैन । उनीहरू आफ्नो क्षमताले भ्याएसम्म जीवनभरि नै काम गरिरहन्छन् । 

तर कतिपय ज्येष्ठ नागरिक भने अब भत्ता खाने उमेरमा पनि के काम गर्नु भनेर निष्क्रिय  बस्ने गरेका छन् । यसरी कुनै सिप वा क्षमताले भरिएको व्यक्ति निष्क्रिय बस्दा परिवारमा आर्थिक बोझ थपिन सक्छ । सक्रिय रहँदा कुनै न कुनै रूपबाट आर्थिक आय आर्जन हुने भएकाले आर्थिक रूपमा सम्पन्न हुन पनि सक्रिय बुढ्यौलीले मद्दत गर्दछ । विभिन्न प्रकारका दुव्र्यवहार र हिंसाबाट टाढा रहन तथा बुढेसकालमा पनि काम गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्नका लागि ज्येष्ठ नागरिक सक्रिय हुनु आवश्यक छ ।

सक्रिय बुढ्यौलीको बढ्दो आवश्यकतासँगै यसको महत्त्व र फाइदाहरू पनि धेरै रहेका छन् । सक्रिय बुढ्यौलीले ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्दछ । यसले ज्येष्ठ नागरिकको सामाजिक सहभागितामा वृद्धि गर्दछ; जसले गर्दा समाजमा उदाहरणीय व्यक्तित्वको पहिचान बनाइराख्न सहयोग पु-याउँछ । बढ्दो उमेरमा पनि निरोगी रहन र रोग लागिहाले पनि चाँडै निको हुने वातावरण पनि सक्रिय बुढ्यौलीले विकास गर्दछ । 

साथै वृद्ध अवस्थामा लाग्ने विभिन्न प्रकारका रोगहरू जस्तै : डिमेन्सिया, पार्किन्सन जस्ता दीर्घकालीन रोग लाग्ने जोखिम पनि कम गर्दछ । सामाजिक तथा पारिवारिक रूपमा मर्यादित जीवनशैली जिउन पनि यसले धेरै सहयोग गर्दछ । ज्येष्ठ नागरिक सक्रिय रहेको परिवारमा स्वस्थ पारिवारिक वातावरणको पनि वृद्धि हुन्छ । यिनै महत्त्व र फाइदाको कारणले गर्दा हामीले आफ्ना घरपरिवार तथा समुदायमा रहेका ज्येष्ठ नागरिकलाई सक्रिय  रहन प्रेरित गर्नु आवश्यक छ ।

सक्रिय बुढ्यौलीलाई कायम राख्नका लागि प्रमुख तीन आधार स्तम्भ रहेका छन्; जसमा ज्येष्ठ नागरिकको सहभागिता, स्वास्थ्य र सुरक्षा पर्दछन् । भन्नुको मतलब सहभागिता, स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था नहुँदाको अवस्थामा सव्रिmय बुढ्यौली कायम गर्न बाधा पुग्दछ । र, यी तीन अधारस्तभलाई अन्य पाँच तत्त्वले प्रभाव पार्दछन् । जसमा – १) शारीरिक स्वास्थ्य, २) मानसिक स्वास्थ्य, ३) सङ्ज्ञानात्मक व्रिmयाकलाप, ४) स्वस्थ खाना तथा पोषण र ५) सामाजिक सहभागिता पर्दछन् । यी पाँच तत्त्वमध्ये कुनै एक तत्त्वको कमीले गर्दा पनि ज्येष्ठ नागरिकको सक्रियतामा ह्रास आउन सक्छ । त्यसैले ज्येष्ठ नागरिकलाई सक्रिय राख्ने अधारस्तभ तयार गर्न माथिका पाँच तत्त्वको सही समन्वय हुनु जरुरी छ । 

सक्रिय बुढ्यौली कायम राख्ने उपायमा उनीहरूको शारीरिक तथा मानसिक क्षमता अनुसारको काम गर्ने वातावरण तयार गर्नु हो । जसमा करेसाबारी तथा बगैँचाको काम हुन सक्छन् । घरभित्रका काममा खाना बनाउने, तरकारी केलाउने, लुगाफाटा मिलाउने आदि काम पर्दछन् । सामुदायिक सङ्घसंस्थामा आबद्ध हुने, सामाजिक काममा सहभागी हुने, ध्यान योगा गर्ने, साहित्य तथा लेख रचना प्रकाशित गर्ने, परिवार तथा साथीभाइसँग मनोरञ्जन गर्ने, घुमफिर गर्ने आदि कामले पनि सक्रिय बुढ्यौलीलाई कायम गर्न सकिन्छ । आफूसँग कुनै खास सिप छ भने त्यसलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई हस्तान्तरण गरेर पनि सक्रिय बुढ्यौली कायम गर्न सकिन्छ । 

ज्येष्ठ नागरिकका खास सिपमा स्थानीय सामग्रीबाट हस्तकलाका सामग्री बनाउने, धार्मिक तथा सांस्कृतिक पर्व अनुकूलका सामग्री बनाउने, मठमन्दिर तथा पाटीपौवाको संरक्षण गर्ने खालका सिप पर्दछन् । ज्येष्ठ नागरिकलाई हरेक किसिमका परिवारिक, समाजिक, सांस्कृतिक र विकास निर्माणका सबै व्रिmयाकलापमा सव्रिmय सहभागी गराउन सकेमा समाजको विकासमा तीव्रता आउँछ र दिगो पनि हुन्छ । उनीहरूमा भएको सिप नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यसको लागि उपयुक्त नीति तथा कार्यक्रम निर्माण गर्नु पर्दछ । 

सक्रिय बुढ्यौलीको आवश्यकता, महत्त्व साथै कायम राख्ने उपायका बारेमा ज्येष्ठ नागरिक, सरोकारवाला, परिवारका सदस्यलाई अभिमुखीकरणसहित काम गर्ने वातावरण मिलाइदिनु पर्दछ । सव्रिmय रूपमा काम गरिरहेकाको मनोवृत्ति उच्च राख्न हौसलास्वरूप सामाजिक सम्मान गर्न सकिन्छ । सव्रिmय बुढ्यौलीबाट परिवार, समाज, राज्यका साथै स्वयं ज्येष्ठ नागरिकले पनि धेरै फाइदा लिन सक्छन् । ज्येष्ठ नागरिकमा भएको सिप पुनर्ताजगी गर्न, उनीहरूलाई सव्रिmय राख्न, उनीहरूले उत्पादन गरेको सामग्र्रीको बजारीकरण तथा मेला आयोजना गर्न सकिन्छ । सिप भएकाले अरूलाई पनि सिकाउने वातावरण तयार गर्ने र सिप नभएकालाई आवश्यक तालिम दिएर उत्पादनमा लगाएर पनि सक्रिय बुढ्यौलीलाई निरन्तरता दिन सकिन्छ ।

लेखक एजिङ नेपाल संस्थामा कार्यरत हुनुहुन्छ ।  

Author

पवित्रा अधिकारी