• ९ मंसिर २०८१, आइतबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

blog

क्रिकेटर सन्दीप लामिछाने ।

काठमाडौं, जेठ १६ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

आज (मङ्गलबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा क्रिकेटर लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुन लागेको हो ।

वि.सं. २०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं. २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं. २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।