• ६ जेठ २०८१, आइतबार

धेरै आयोजनामा बजेट छर्ने प्रवृत्तिमा रोक

blog

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताउनुभएको छ ।

सरकारले ठूलो सङ्ख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसङ्ख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्टयाएको छ ।