• १६ वैशाख २०८१, आइतबार

राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

blog

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १५ गते । चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताउनुभयो । गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको सङ्कुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम सङ्कलन हुने अनुमान गरिएको हो ।