• १३ साउन २०८१, आइतबार

दौडमा अस्मिता र विकेशलाई स्वर्ण

blog

एथलेटिक्सको डिस्कस थ्रोमा पहिलो हुनुभएका रामकुमार माझी । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ ८ गते । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत १५ सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सिन्धुपाल्चोककी अस्मिता भुजेल र पुरुषतर्फ दोलखाका विकेश घिमिरेले स्वर्ण पदक हात पार्नुभएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा हेटौँडा उपमहानगरपालिका ५ स्थित पिप्ले क्याम्पा रङगशालामा सोमबार भएको एथ्लेटिक्सतर्फ को प्रतिस्पर्धामा स्वर्ण पदक विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्डमा उक्त दुरी पार गर्नुभएको थियो ।

रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कास्य पदक जित्नुभएको छ । यस्तै पुरुषतर्फ स्वर्ण विजेता विकेशले उक्त दुरी ४ मिनेट ३३ सेकेन्डमा तय गर्नुभएको थियो । सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौँका पवनकुमार साहले कास्य पदक पाउनुभएको आयोजकले जनाएको छ ।

हाइजम्पमा दोलखाकी रोजिना कार्कीले स्वर्ण, चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कास्य पदक पाउनुभयो । यसै विधामा पुरुषतर्पm चितवनका अविनाश सुनारले स्वर्ण जित्दा सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कास्य पदक चित्त बुझाउनु परेको छ ।

डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले स्वर्ण, दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कास्य पदक जित्नु सफल हुनुभएको छ  । पुरुषतर्फको डिस्कस थ्रोमा रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गर्दा  चितवनका ललित राउत रजत र दीपेश महतो कास्य जित्नुभएको छ । 

यसैगरी तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौँका राम गोलले पहिलो, नुवाकोटका सुजन तामाङ दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेश्रो हुनुभएको छ । महिलातर्फ रामेछापकी सन्ध्या लामा पहिलो, दोलखाकी हिमाला अधिकारी दोश्रो, सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेश्रो बन्नुभएको छ ।

प्रतियोगिताअन्तर्गत भएको पेयर पुम्सेमा काठमाडौँले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य हात पारेको छ । पुरुषको समूहगत पुम्सेमा काठमाडौँ पहिलो, ललितपुर दोश्रो तथा नुवाकोट र रामेछाप तेश्रो तथा  महिला समूहगत पुम्से ललितपुर पहिलो, काठमाडौँ दोश्रो तथा सिन्धुपाल्चोक र चितवनले तेश्रो भएको छ ।

साथै ललितपुरकी सुस्मिता केसीले प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण पदक विजेता बन्नुभएको छ । यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्नुभएको छ ।