• १३ साउन २०८१, आइतबार

सत्तरी वृत्तचित्र मनोनयनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ५ गते  । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतिस्पर्धा २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महìवपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, वेशभूषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । 

फाउन्डेसनले गत वर्ष फागुन १२ देखि यस वर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो । आयोजकले वर्षको उत्कृष्ट भिडियो, निर्णायकको छनोट, कथा-उत्कृष्ट निर्देशन, वर्षको उत्कृष्ट महिला भिडियो निर्मातालगायतका विधा मनोनयन भएका छन् । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनीत गरिएको छ । वृत्तचित्र छनोट टोलीमा निर्देशक भूषण दाहाल, अभिनेत्री करिष्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा छायाङ्कार सवनम मुखिया, नेपाल पर्यटन बोर्डकी प्रबन्धक अर्चना केसी राना, नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशी  र बिबिल राइज फाउन्डेसनका निर्देशक निर्मल श्रेष्ठ निर्णायक हुनुहुन्छ ।