• ११ पुस २०८१, बिहिबार

जङ्गली जनावरको उद्धार गर्ने गाउँ

blog

जिल्लाको माथिल्लो मुगुको लामा समुदायका स्थानीयले उद्धार गरेको वन्यजन्तु - झारल (मृग) । तस्विर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, जेठ ४ गते । जिल्लाको माथिल्लो मुगुका स्थानीयले जङ्गलमा घाइते भएका वन्यजन्तुको उद्धार गरी उपचार गर्ने गरेका छन् । हिउँदको मौसममा माथिल्लो मुगुको सामुदायिक वनक्षेत्रमा हरेक वर्ष बाक्लो हिमपात भई हिउँ जम्ने भएकाले झारल र मृग जस्ता जनावरले पर्याप्त आहारा नपाएकाले बिरामी भई बस्तीमा झर्ने गर्छन्। 

जिल्लाको उत्तरीक्षेत्रमा पर्ने मुगमकार्मारोङ गाउँ पालिकाको वडा नं– २ को मुगु गाउँका कार्मा तामाङ (लामा)ले हरेक वर्ष हिउँदको मौसममा सामुदायिक वनमा तीनदेखि चार फिटसम्म हिउँ जम्ने भएको हुँदा सामुदायिक वनमा जङ्गली जनावरलाई बस्न असहज हुनेगर्छ । यसरी बिरामी बस्तीमा आएका जनावरलाई यहाँका लामा समुदायले उपचार गर्ने गएछन् । हरेक वर्ष १० देखि १५ वटा झारल, मृग, घोरल, रतुवा जस्ता जङ्गली जनावरलाई उद्धार गर्दै आएको तामाङको भनाइ छ ।

कार्माका अनुसार लामा समुदायले कुनैपनि पशुको हत्या नगर्ने लामाको धर्म भएकाले उक्त उद्देश्यले समुदायमा आएका बिरामी जनावरलाई हत्या नगरी घरेलु उपचार गरी उद्धार गर्ने गरिन्छ ।