• २३ वैशाख २०८१, आइतबार

प्रदर्शनीमा राखिएका तस्बिर गोरखापत्र संस्थानले बिक्री गर्नुपर्छ : पत्रकार दीक्षित

blog

गोरखापत्र संस्थानमा राखिएको ऐतिहासिक तस्बिर अवलोकन गर्नुहुँदै पत्रकार तथा साहित्यकार कनकमणि दीक्षित र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल ।

काठमाडौं, वैशाख २९ गते । पत्रकार तथा साहित्यकार कनकमणि दीक्षितले गोरखापत्रले प्रदर्शनीमा रोखेका ऐतिहासिक तस्बिरहरु बिक्री गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार गोरखापत्र संस्थानमा राखिएको तस्बिर अवलोकन गरेपछि दीक्षितले ऐतिहासिक तस्बिर राज्यको सम्पत्ति भएकाले संस्थानले बिक्री गर्नुपर्ने बताउनुभएको हो । 

‘‘यो राज्यको सम्पत्ति हो । यसलाई सुरक्षित राख्नुपर्छ । डिजिटल अभिलेखमा सुरक्षित राख्ने र शुल्क लिएर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ,’’ पत्रकार दीक्षितले भन्नुभयो, ‘‘यसबाट संस्थानले राम्रो आम्दानी गर्नसक्छ, ऐतिहासिक तस्बिर सबैले हेर्न र राख्न पाउँछन् । संस्थानले अगामी दिनमा पनि यस्तो प्रदर्शनी गर्नुपर्छ।’’ हजारौंको सङ्ख्यामा रहेका नेगेटिभलाई संकलन गरेर त्यसलाई न्यूनतम शुल्कमा बिक्री गर्नुपर्ने उहाँकाे भनाइ छ ।

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेलले प्रदर्शनी ऐतिहासिक भएको बताउनुभएको छ ।