• १३ असोज २०८१, आइतबार

खेलाडीले जितेको पुरस्कार रकमले असक्तलाई खाद्यान्न सहयोग

blog

खाद्यान्न हस्तान्तरण गरिँदै । तस्बिर : गोरखापत्र

लिलाराज खड्का 

बिर्तामोड, वैशाख २८ गते । कनकाई नगरपालिका २ का खेलाडीहरुले वार्डस्तरीय फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम असहायलाई खाद्यान्न खरिद गरेर बितरण गरेका छन् । 

नेपाल खेलकुद महासंघ कनकाई नगरद्वारा आयोजित वार्ड स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा उपविजयी हुने कनकाई २ नम्बर वार्डका खेलाडीले आफुले पाएको नगद पुरस्कार रकम गाउँमा रहेका असक्त असाहायलाई खाद्यान्न खरिद गरेर बितरण गरेका हुन् । 

वार्ड स्तरीय फुटबल प्रतियोगिताबाट प्राप्त दोस्रो पुरस्कार रकम २१ हजारबाट स्थानीय ७४ वर्षीय एकल महिला पूर्णमाया चाम्लिङ्ग राई र अर्की असक्त महिला फुलमाया दर्जीको परिवारलाई चामल, दाल, नुन, तेल, साबुन लगायातका अत्यावश्यीय खाद्यान्न खरिद गरेर बितरण गरेको हो । 

टिम क्याप्टेन विकेश राई दिनेशले आफुहरुले अन्य युवा र अन्य टिमका साथीहरुलाई पनि युवाहरु सामाजिक र जनउत्तरदायी हुनुपर्छ भनेर सिकाउनका लागि उक्त रकम फजुल खर्चमा नसकेर कमजोर आर्थिक  अवस्था भएको २ परिवारलाई कम्तीमा एक महिनाका लागि चुल्हो बाल्नका लागि खर्च गरेको बताउनुभयो । 

कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतावले दुबै परिवार एकल र काम गरिखान नसक्ने परिवार भएको र युवाको यस सहयोगले कम्तीमा महिनादिनसम्म उक्त परिवारलाई खान पुग्ने बताउनुभयो । 

यस अगाडि बिजयी हुने पुरस्कार जित्ने युवाहरुले होटलमा गएर जितेको रकम सक्ने गरेको पाइएकोमा यसपटक युवाहरुले पुरस्कार रकम सामाजिक काममा खर्चिएको वडाअध्यक्ष  राईले बताउनुभयो ।