• १३ साउन २०८१, आइतबार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको छलफल

blog

बालुवाटारको छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता र अधिवक्ता। तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख २३ गते। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार छलफलमा सत्ता गठबन्धनका शीर्ष नेतासँगै केही अधिवक्तासमेत सहभागी हुनुहुन्छ। 

छलफलमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता सहभागी हुनुहुन्छ।