• २९ वैशाख २०८२, सोमबार

पूर्वगृहमन्त्री खाणको ध्यानाकर्षण

blog

पूर्वगृहमन्त्री बालकृष्ण खाण ।

काठमाडौं, वैशाख २३ गते । पूर्वगृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफ्नाबारेमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज (शनिबार) एक वक्तव्य जारी गर्दै उहाँले आधारहीन, तथ्यहीन संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भनी समाचार सम्प्रेषण नगरीदिन सबैमा आग्रह गर्नुभएको छ ।

पूर्वगृहमन्त्री खाणले जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरिदिन पनि अनुरोध गर्नुभएको छ । रासस