• ८ मंसिर २०८१, शनिबार

एट्लेटिको ला लिगाको दोस्रो स्थानमा उक्लियो

blog

गोल गरेपछि एट्लेटिको म्याड्रिडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख २१ गते । एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । छरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई ५-१ गोलले हरायो ।

एट्लेटिकोले यसअघि दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । एट्लेटिकोको फराकिलो जितमा एन्टोइन ग्रिजमनले खेल सुरु भएको दोस्रो र २७औं मिनेटमा दुई गोल गर्नुभयो ।

अल्भारो मोराटाले ४९औं, यान्निक कारास्कोले ५७औं र नाहुएल मोलिनाले ७३औं मिनेटमा एक एक गोल गर्नुभयो । काडिजका एन्थोनी लोजानोले ७२औं मिनेटमा सान्त्वना गोल फर्काउनुभएको थियो । 

 जितसँगै दोस्रो स्थानमा उक्लिएको एट्लेटिकोको ३३ खेलबाट ६९ अङ्क  बनाएको छ । तेस्रो स्थानमा रहेको रियलको समान खेलबाट ६८ अङ्क छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ८२ अङ्क छ । पराजित काडिज ३५ अङ्कसहित १५औं स्थानमा छ । 

अन्य खेलमा गेटाफेले सेल्टा भिगोलाई १-० गोलले हराएको छ । भ्यालेन्सिया र भिल्लारियलले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी