• ९ मंसिर २०८१, आइतबार

फिलिपिन्समा दुई जहाज ठोक्किँदा एकको मृत्यु, तीन बेपत्ता

blog

मनिला, वैशाख १६ गते । फिलिपिन्सको कोरेगिडोर टापुमा विदेशी झण्डा बोकेका दुईवटा जहाज एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनाका साथै तीन जना बेपत्ता भएका छन् ।

फिलिपिन्सको कोस्ट गार्ड (पीसीजी)ले शनिबार जनाएअनुसार ती दुई जहाजमध्ये एउटा सिएरा लियोन ध्वजा वाहक जहाज दुर्घटना हुँदा चालक दलसहित २० जना घाइते भएको र तीमध्ये १६ जनालाई शुक्रबार उद्धार गरिएको छ भने एक जना चालक दलका सदस्यको शव शनिबार भेटिएको बताइएको छ ।

त्यसैगरी, पीसिजीले मार्शल टापुको ध्वजावाहक जहाजका सबै २१ जना चालक दल सुरक्षित रहेको बताएको छ । बेपत्ता चालक दलको खोजी र उद्धारकार्य जारी छ । रासस/सिन्ह्वा