• १३ साउन २०८१, आइतबार

‘जारी’ ले दुई सातामा कमायो १२ करोड

blog

काठमाडौं, वैशाख १५ गते । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ ।  वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म तेस्रो साता पनि उच्च शोजका साथ प्रदर्शन भइरहेको छ ।

फिल्मले पहिलो र दोस्रो साता गरी करिब १२ करोड व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । 

दर्शक तथा समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको फिल्म देश तथा विदेशमासमेत प्रदर्शन भइरहेको छ । फिल्म केही दिनअघि बेलायतमा पनि भव्य रेडकार्पेट प्रिमियर गरिएको थियो । फिल्मको प्रिमियर शोमा सहभागी हुन अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा बेलायत पुग्नुभएको थियो । 

फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको फिल्ममा झुमा लिम्बु र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुनुहुन्छ ।