• १३ असोज २०८१, आइतबार

गाँजासहित गाडी नियन्त्रण

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख १४ गते । भारतीय सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित भारतीय नम्बरको स्कार्पियो गाडी पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ हेडक्वाटर कङ्कालिनीको टोलीले बुधबार विराटनगर–१, नोबेल डेरी चोकबाट गाँजा र गाडी पक्राउ गरेको हो । इटहरीबाट विराटनगर आइरहेको बीआर–११भी ७६४५ नम्बरको सेतो–कालो गाडीलाई टङ्कीसिनवारी चोकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलको टोलीले रोक्न खोज्दा भागेको उक्त गाडीलाई पिछा गर्दा विराटनगर–१, नोबेल डेरी चोकमा रोकिएको अवस्थामा फेला परेको थियो । 

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौलाको कमान्डमा रहेको नौ जनाको टोलीले पिछा गरेपछि चालक गाडी छोडेर फरार भएको दाबी गरिएको छ । प्लास्टिकको १२० वटा प्याकेजमा एक केजी दरका पोका बनाएर स्कार्पियोमा लोड गरी भारततर्फ लैजान लागिएको गाँजा र गाडी प्रहरीको नियन्त्रणमा परेको हो ।