• १३ असोज २०८१, आइतबार

पाँचथरको याङवरकमा एक महिला मृत फेला

blog

राधा लुइँटेल

फिदिम, बैशाख १३ गते । पाँचथरको याङवरक ६ टाहारीकी ४३ वर्षीय इन्द्रकुमारी बेघाको शव बङ्गुरको खोरमा भेटिएको छ ।

बेघालाई स्थानीयले मंगलबार आफ्नै घर छेउमा रहेको बङ्गुरको खोरमा मरेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बेघालाई मंगलबार अपराह्न बङ्गुरको खोरमा घोप्टो परेर मरेको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै प्रहरी चौकी गणेशचोकबाट खटेको प्रहरी टोलीले घटनास्थलको विवरण सङ्कलन गरेसँगै शव पोष्टर्माटमका लागि पाँचथर अस्पताल ल्याइएको छ ।

बेघा स्थानीय शुक्रबीर बेघाकी श्रीमती रहेको बताइएको छ ।