• ९ मंसिर २०८१, आइतबार

धार्मिक महोत्सवको तयारी तीब्र

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ९ गते । गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा नौ दिनसम्म हुने धार्मिक महोत्सवको तयारी तीव्र बनाइएको छ । रेसुंगा संरक्षण समितिले वैशाख २३ गतेदेखि ३१ गतेसम्म आयोजना हुँदैछ । 

अहिले रेसुंगा संरक्षण समितिले यस जिल्लाका विभिन्न पालिकाहरुमा पुगी जनप्रतिनिधिहरुसँगको भेटघाटलाई समेत तीव्रता दिदैं प्रचार–प्रसारमा जोड दिएको अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यहाँका पालिकाका जनप्रतिनिधिहरुसँग सहयोग र समन्वय गरिएको छ । सोही क्रममा पालिकाहरुले महायज्ञलाई सफल पार्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकको भनाइ छ । 

त्यस्तै, यातयात व्यवस्थापनका लागि जिल्लामा रहेका यातयात व्यावसायीहरुले मेला अवधिभर नियमित रुपमा भक्तजनलाई यज्ञस्थलसम्म लगिदिने र ल्याउने कार्यमा सर्वसुलभ भाडादरमा यातयात सञ्चालन गर्न आयोजकले आग्रह गरेको छ ।  

महायज्ञमा मठ जोगिनी बाडा विकेनर राजस्थान भारतका योगी शम्भुनाथजी महाराजद्वारा श्रीराम कथा वाचन हुने र श्रीराम अयोध्याधाम भारतबाट स्वामी राजेन्द्रनन्दजी महाराजसहित सयौंको संख्यामा भारतीय सन्तहरु तथा नेपालका विद्वानहरुको समेत उपस्थिति रहने अयोजकले जनाएको छ ।