• १३ असोज २०८१, आइतबार

प्रेसमैत्री ऐन बनाउन प्रेस युनियनको माग

blog

कबिराज घिमिरे

हिले, बैशाख ९ गते । नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक पाँच बुँदे धनकुटा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नबोदितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानुन निर्माण गर्न दवाब दिन जोड दिएको छ । त्यस्तै, आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गरेको प्रेस युनियन कोशी प्रदेशका महासचिब सञ्जीब बाग्लेले बताउनुभयो । 

त्यस्तै, घोषणापत्रमा धनकुटाको पर्यटन विकासका लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यममार्फत प्रबर्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्नेमा जोड दिएको छ ।

बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डिल्लीराम खतिबडा, उपमहासचिब अभय राई, सल्लाहकार लिला बल्लब घिमिरेसहित प्रदेशका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठक धनकुटा नगरपालिका –४, दानाबारीस्थित नुनथला होमस्टेमा बसेको थियो ।