• ९ मंसिर २०८१, आइतबार

गायक सपुतको गीत फेरि चर्चामा

blog

काठमाडौँ, वैशाख ६ गते । प्रकाश सपुतको शब्द, सङ्गीत तथा स्वर रहेको गीत ‘सकम्बरी’ अहिले दर्शकमाझ चर्चाको घेरामा छ । गीतलाई कतिले नारी अस्मितासँग जोडेर विरोध गरिरहेका छन् भने  कतिले सपुतको समर्थन गरिरहेका छन् ।

गीतमाथि सामाजिक सञ्जालमा महिलालाई होच्याएको भन्दै धेरै प्रश्न उठेका छन् । गीतमा सकम्बरी नामकी पात्र छिन् । जसको नाम गाउँमा हुँदा फूलमाया हुन्छ । सपुतले सकम्बरी पात्र पारिजातको चर्चित उपन्यास शिरिषको फूलबाट लिएको देखिन्छ । पारिजातकी पात्र सकम्बरीलाई सपुतले गरेको चित्रण पनि सुहाउँदो नरहेको भन्दै आलोचना भएको छ ।

यसअघि सपुतको ‘पीर’ शीर्षकको गीतको भिडियोको दृश्य विवादमा परेको थियो । उक्त गीतको भिडियोमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देहव्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए । व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए । गीतले जतिसुकै आरोप–प्रत्यारोप खेपे पनि गीत रिलिज भएदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ ।