• ८ मंसिर २०८१, शनिबार

परराष्ट्रमन्त्री साउदसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर रासस

काठमाडौँ,  वैशाख ३ गते । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । मन्त्री साउदले आजै मात्र नियुक्त भई पदभार सम्हाल्नुभएको हो । रासस