• १३ असोज २०८१, आइतबार

‘सेवानिवृत्त राष्ट्रसेवकलाई राज्यले प्रयोग गर्नुपर्छ’

blog

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, बैशाख ३ गते । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले कृषि क्षेत्रका सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई राज्यले प्रयोग गर्नुपर्ने बताउनुभएको छ । मोरङको रतुवामाई नगरपालिकामा स्थानीय इटहरा युवा क्लवले आयोजना गरेको प्रथम रतुवामाई कृषि महोत्सवको आइतबार उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कृषि र पशुपालनबाटै आर्थिक समृद्धि सम्भव हुने बताउँदै प्रदेश सरकारले चाँडै १० वर्षे कृषि नीति ल्याउने प्रतिवद्धता जनाउनुभयो । मन्त्री सिटौलाले भएका कृषि विज्ञहरूलाई परिचालन गरी युवालाई उत्पादनमा जोड्नेगरी १७ करोडको अनुदान कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । कृषि अनुदानमा आर्थिक चलखेल हुनेगरेको प्रति आफ्नो ध्यान आकर्षित भएको उल्लेख गर्दै शासकहरू गतिला नहुँदा प्रशासकहरू भ्रष्टाचारी र घुसखोरी भएको दावी गर्नुभयो ।

“अब जो उत्पादनमा लाग्ने किसान हो, उसले मात्र अनुदान पाउँछ । मन्त्री सिटौलाले सहकारी नामका शोसकले सर्वसाधरणको लाखौं रुपियाँ निक्षेप लिएर आवश्यक परेका बेला फिर्ता दिँदैनन्” उहाँले भन्नुभयो । अब १४ जिल्लामा सहकारी नियामक निकाय स्थापना गर्ने पनि उहाँले बताउनुभयो । 

इटहरा युवा क्लवका अध्यक्ष महेन्द्र ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेशका सांसदहरू गणेश उप्रेती, मालती सुब्बा, रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंहलगायतले धारणा राख्नुभयो । महोत्सवमा कृषि उत्पादन, बीउ, कृषि उपकरण र अन्य विभिन्नखाले स्टल राखिएको छ । महोत्सब बैशाख १८ गतेसम्म चल्नेछ ।