• १३ साउन २०८१, आइतबार

‘समय र जीवन’ सार्वजनिक

blog

काठमाडौँ, चैत ३० गते । प्राध्यापक तथा सहित्यकार जगत उपाध्याय ‘प्रेक्षित’द्वारा लिखित समय र जीवन नामक निबन्धसङ्ग्रह सार्वजनिक भएको छ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आयोजना गरेको कार्यक्रममा भाषा आयोगका सदस्य उषा हमाल, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला र गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति शिवहरि मरहट्ठा, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङले पुस्तकबारे समीक्षा गर्नुभयो। निबन्धसङ्ग्रहमा १४ वटा निजात्मक र विचारप्रधान निबन्ध सङ्ग्रहित छन्। निबन्धमार्फत समाजमा विद्यमान सामाजिक, आर्थिक र राजनीतिक विकृति, बढ्दो विलासिताप्रति चोटिलो व्यङ्ग्य गरिएको छ।