• १३ साउन २०८१, आइतबार

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुखविरुद्ध ९५ लाखको मुद्दा दायर

blog

विशेष अदालत, काठमाडौं ।

काठमाडौं, चैत २८ गते । मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेलविरुद्ध ९५ लाख आठ हजार ३४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै प्रमुख पोखरेलले आफ्नो कार्यकालमा आर्थिक वर्ष २०७२/७३ मा सङ्कलन भएको राजस्व रकम ९३ लाख ६६ हजार २०९ रुपियाँ हिनामिना भएको आरोप लागेको छ । रकम हिनामिनामा प्रतिवादी मदनप्रसाद गुप्तालाई प्रोत्साहन गरी राजस्व दुरुस्तरुपमा दाखिला नगराएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयका तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माले सोही आर्थिक वर्षमा अनुगमन गर्नुपर्नेमा कुनै पनि अनुगमन नगरेको र कार्यालयमा सङ्कलन भएको एक लाख ४१ हजार ८२५ रुपियाँ राजस्व हिनामिना भएको आयोगले जनाएको छ ।

यसैगरी, कार्यालयका तत्कालीन नायब सुब्बा मदनप्रसाद गुप्ताले राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने रकम निजले ९५ लाख आठ हजार ३४ रुपियाँ हिनामिना गरी चुहावट गरेको पुष्टि भएको छ । तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीले कानुनी व्यवस्था विपरीत रकम हिनामिनामा मद्दत पु¥याएको आरोप छ ।

आरोपितमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।